
गोरखा, ८ जेठ – गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी नदीमा डुबेर बुधबार एक युवक बेपत्ता भएका छन् ।
बुधबार बिहान नदीमा मुख धुने क्रममा दर्बुङ गाउँ विकास समिति–६, दर्बुङटारमा अमन बज्राचार्य बेपत्ता भएका हुन् ।
ललितपुरका २१ वर्षीय बज्राचार्य घुम्नका लागि घ्याल्चोक गाविसमा आएका थिए । बेपत्ता बज्राचार्यको गोरखा र धादिङका प्रहरीको छुट्टाछुट्टै टोलीले खोजी गरिरहेको छ ।