केन्द्रीय समिति विस्तारप्रति भट्टराई असन्तुष्ट

काठमाण्डु टुडे २०७१ जेठ ७ गते २:३४ मा प्रकाशित

काठमाण्डु, ७ जेठ–  एकीकृत माओवादी नेता बाबुराम भट्टराईले मंगलबार विस्तार गरिएको केन्द्रीय समितिप्रति असन्तुष्टि जनाएका छन् ।
baburamउनले आफ्नो सहमतिमा केन्द्रीय समिति विस्तार गरेको र आफू उपाध्यक्ष बस्न सहमत भएको भन्ने समाचारको खण्डन गरेका छन् ।

आज घोषित १४९ सदस्यीय केन्द्रीय समिति मेरो सहमतिमा बनेको र म पार्टी उपाध्यक्षमा बस्न सहमत भएको भन्ने सत्य होइन’, भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत गएराति भनेका छन्, ‘पार्टी रुपान्तरण अभियान जारी ।’ हिजो बसेको केन्द्रीय समिति बैठकले भट्टराईको सहमतिमा ८४ सदस्यीय केन्द्रीय समिति विस्तार गरी १ सय ४९ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

जसमा भट्टराईसहित सो पक्षका विराटनगर राष्टिय सम्मेलनबाट केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका १५ र नयाँ १४ जना छन् । भट्टराईले केन्द्रीय समितिमा थप्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफू पक्षधर २२ जनाको सूची बुझाएका थिए ।

जसमध्ये १४ जनामात्र थपिएपछि उनी रुष्ट बनेका हुन् । केन्द्रीय समिति विस्तारअघि पटकपटक भएका छलफलमा दुई नेताबीच भट्टराईलाई वरिष्ठ नेतासहित पदाधिकारीमा बस्ने, टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने, केन्द्रीय समितिको एक तिहाई पोलिट्ब्युरो र पोलिट्ब्युरोको एक तिहाई स्थायी समिति बनाउने सहमति भएको थियो ।

यसैबीच नेता भट्टराई आज बिहानै लाजिम्पाट अध्यक्ष प्रचण्डलाई भेटेर पुगी विस्तारित केन्द्रीय समितिप्रति असहमति जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us