
काठमाण्डु, ६ जेठ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लोकसभा चुनावमा पाएको अभूतपूर्व सफलताका लागि भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहलाई बधाइ दिएका छन् ।
प्रचण्डले पत्र पठाएर सिंहलाई बधाइ दिएका हुन् । बीजेपीको नयाँ सरकारलाई सफलताको शुभकामना दिँदै प्रचण्डले दुई देश र पार्टीबीचको सम्वन्ध नयाँ सरकारको पालामा थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले दुई देशको बृहत्तर हितमा आपसी सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।