माधव नेपालको क्षेत्रमा काँग्रेसले तोक्यो उम्मेदवार

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ५:४४ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– नेपाली काँग्रेसले काठमाण्डु–२ को उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
NC-Flagकाँग्रेस क्षेत्र नम्बर–२ काठमाण्डुले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

महासमिति सदस्य दीपक कुइँकेल, क्षेत्रीय सभापति उपेन्द्र कार्की हरिशचन्द्र श्रेठको नाम सिफारिस गरिएको हो । बुधबार बसेको क्षेत्रीय समिति बैठकले सर्वसम्मत रुपमा तनि जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएमा मध्ये कुइँकेल यसअघि निर्वाचनमा पराजित भएका थिए । सोही क्षेत्रमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पराजित भएकी प्रतिमा गौतमलाई फेरि उम्मेदवार बनाउन दबाब थियो ।

तर उनी क्षेत्र नम्बर–४ की बासिन्दा भन्दै क्षेत्रीय कमिटीले नाम सिफारिस गर्न अस्वीकार गर्‍यो । संविधानसभाको उपनिर्वचन आगामी ८ असारमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us