भाइले लगाए दाजुको घरमा पेट्रोल छर्केर आगो

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ४:२७ मा प्रकाशित

नेपालगञ्ज, ६ जेठ– बाँकेको जैसपुर –१ मा भाईले आफ्नै सहोदर जादुको घरमा आगो लगाएर भाउजुसहित उनका तीन बालबालिकाको हत्या प्रयास गरेका छन् ।
स्थानीय २३ वर्षीय सद्धाम नाउले भाउजुसहित उनका तीन छोराछोरी घरमा सुतिरहेका बेला बाहिरबाट ढोका लगाई पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

आगोमा जलेर रियादकी पत्नी २२ वर्षीया चन्दा सलमानी, छोराहरु १० महिनाका रिहान र ३ वर्षीय रियाजुल तथा छोरी ५ वर्षीया मारिया गम्भीर घाइते भएका छन् । घाइते चारै जनाको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ६ बजेतिर घरमा आगो लागेको देखेपछि स्थायीले उद्धार गरेका थिए । डोल्पामा संयुक्त रुपमा कपाल काट्ने पसल सञ्चालन गर्दै आएका दाजुसँग आर्थिक लेनदेनका विषयमा विवाद भएपछि सद्धामले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घरमा आगो लगाएर भागेका सद्धामलाई प्रहरीले नेपाल–भारत सीमानाको जमुनाहाबाट नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us