
दाङ, ६ जेठ– राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सञ्चालन भएको महिला पुन: स्थापना एकद्वार प्रणालीमा उपचारसँगै न्यायको माग गरेर उजुरी आउने गरेका छन् ।
अस्पतालमा स्थापना एकद्वार प्रणालीे सञ्चालनमा आएपछि उपचारसँगै न्यायको माग माग उजुरी परेका हुन् ।
चालु आर्थिक वर्षको अवधिमा त्यहाँ २ सयभन्दा बढी उजुरी परेका छन् । महिलामाथि हुने मानसिक, शारीरिक, यौनिक तथा सामाजिक हिंसाका घटनमा छिटोछरितो र सुलभ तरिकाले न्याय दिन थालिएपछि उजुरी पर्न थालेका हुन् ।गत आर्थिक वर्ष फागुनदेखि यो प्रणाली सञ्चालनमा आएको हो ।
एकद्वार प्रणालीमा २ सय १५ महिलाले हिंसामा परेको उजुरी दिएका छन् । त्यसमध्ये १४ वर्षमुनिका १४ बालिका र ११ पुरुषले पनि उजुरी गरेका थिए ।
१५ देखि ६५ वर्षसम्मको विवाहित/अविवाहित महिलाहरुले हिंसामा परेको भन्दै उजुरी दिएको एकद्वार प्रणालीकी फोकल पर्सन राधा पौडेलले जानकारी दिइन् । उनका अनुसार उजुरी गर्न आउने धेरैजसो घरेलु हिंसामा परेका महिला छन् ।