
चितवन, ६ जेठ– भरतपुर नगरपालिका–७ कृष्णपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पताल नजिकै डेरा गरी बस्ने ३५ वर्षीय जिवन धितालको करेन्ट लागेर मृत्यु भएको हो । डेरानजिकैको पोलमा छोएपछि उनलाई करेण्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका धितालको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।