समाचार

कोइरालाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिने

२०७१ जेठ ११ गते ९:५४

काठमाण्डु, ११ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले आफनो भारत भ्रमणबारे प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसहित साना दलका नेतासँग परामर्श गरेका छन् । कोइरालाले एकीकृत माओवादी, राप्रपा, राप्रपा नेपाल, नेमकिपा र मधेसवादी दलका नेतालाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर परामर्श गरेका हुन् । भारतीय प्रधानमन्त्री...

प्रस्तावित न्यायाधीश चोलेन्द्रशमशेरसँग सुनुवाई जारी

२०७१ जेठ ११ गते ९:१८

काठमाण्डु, ११ जेठ – संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई आज पनि जारी छ । समितिको कार्यालय सिंहदरबारमा जारी बैठकमा सभासदहरुले प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्र र देवेन्द्र गोपाल गोपाल श्रेष्ठसँग सुनुवाई भैसकेको छ । अहिले चोलेन्द्रशमशेर राणासँग सुनुवाई भैरहेको छ ।...

पानी सुकाएपछि दुर्लभ जलचर मर्न थाले

२०७१ जेठ ११ गते ७:००

कपिलवस्तु, ११ जेठ – विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको पानी सुकाइएपछि त्यहाँ रहेका दुर्लभ जलचर धमाधम मर्न थालेका छन् । पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय कपिलवस्तुले तालको पश्चिमतर्फको फाटक मर्मत गर्न भन्दै पानी सुकाएपछि तालका जलचरको अस्तित्व सङ्कटमा परेको हो । ताल सुकाउँदा त्यहाँ...

प्रस्तावित न्यायधिस श्रेष्ठलाई प्रश्न, ‘चरेश व्यापारीलाई किन छोड्नुभयो ?’

२०७१ जेठ ११ गते ६:२७

काठमाण्डु, ११ जेठ–  संसदीय सुनुवाइ विशेष समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले ७ क्वीन्टल चरेश काण्डमा आफूले तारेखमा छोडेर गल्ती नगरेको दावी गरेका छन् । सभासदहरुले करोडौं रकम लिएर तारेखमा छाडेको भन्ने आरोपबारे प्रश्न गरेका थिए । जवाफमा श्रेष्ठले त्यो मुद्दामा आफूले...

कोही सभासदले दिए न्यायाधीशलाई क्लिन चिट, कोही भन्छन्, अकुत सम्पत्ति कहाँ छ ?

२०७१ जेठ ११ गते ५:४९

काठमाण्डु, ११ जेठ– संसदीय सुनुवाई विशेष समितिमा रहेका केही सभासदले प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रलाई ‘क्लिन चिट’ दिएका छन् । सबैभन्दा कम उजुरी परेको भन्दै गोपाल दहित, शिवजी यादव, टेकबहादुर बस्नेत लगायतले मिश्रलाई ‘क्लिन चिट’ दिएका हुन् । उनीहरुले प्रस्तावित अन्य न्यायाधीशको तुलनामा कम उजुरी...

भालु आक्रमणमा एकको मृत्यु, एक घाइते

२०७१ जेठ ११ गते ५:०५

म्याग्दी, ११ जेठ– म्याग्दीको कुइनेमङ्गले–४ पात्लेखेतमा भालुको आक्रमणबाट एक महिलाको ज्यान गएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छन् । लसुनबारी र पल्लो पुछारखर्कको बीचमा गाई चराउन गएको अवस्थामा जङ्गली भालुको आक्रणबाट स्थानीय ५१ वर्षीया जमायाँ पुनको ज्यान गएको हो । भालुको...

गोरखाका चेपाङलाई घर उपहार

२०७१ जेठ ११ गते ३:५५

गोरखा, ११ जेठ– सरकारले जनता आवास कार्यक्रमअन्तर्गत तयार गरिएका ३० वटा नयाँ घर गोरखाका चेपाङलाई हस्तान्तरण गरेको छ । भुम्लिचोक, ताङ्लिचोक, मकैसिंङ, ताक्लुङ र घ्याल्चोक गाविसमा निर्माण भएका ती घर हस्तान्तरण गरिएको हो । यसअघि जिल्लामा सयको सङ्ख्यामा चेपाङ समुदायलाई नयाँ घर वितरण गरिएको...

राप्रपा नेपालको बन्दशत्र जारी

२०७१ जेठ ११ गते ३:४५

काठमाण्डु, ११ जेठ– राप्रपा नेपालको राजधानीमा जारी प्रथम महाधिवेशन अन्तर्गत आजदेखि बन्दशत्र सुरु भएको छ । काठमाण्डुको कमदालीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दशत्रमा अध्यक्ष कमल थापाले भावी कार्ययोजना समेटिएको राजनीतिक प्रस्ताव र महामन्त्री चन्द्रबहादुर गुरुङको सांगठनिक कार्ययोजना पेश गर्ने केन्द्रीय सदस्य एवम् प्रचार प्रमुख मोहन...

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज

२०७१ जेठ ११ गते ३:३५

काठमाण्डु, ११ जेठ– आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि दलहरुले आज उम्मेवदारी दिंदैछन् । दलहरुले काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ का लागि उम्मेदवारी दिन लागेका हुन् । प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले उपनिर्वाचनका लागि उम्मेदवार चयन गरिसकेका छन् । ...

उम्मेदवार कुट्नेलाई छाड्न माग गर्दै पूर्व बन्द

२०७१ जेठ ११ गते ३:३०

सुनसरी, ११ जेठ– गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनका बेला पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै मञ्च सम्वद्ध संघीय लिम्बुवान राष्ट्रिय परिषदले आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण ती जिल्लामा लामो तथा छोटो दूरीका...

सुर्खेतमा भत्काइयो छाउपडी गोठ

२०७१ जेठ ११ गते ३:१२

सुर्खेत, ११ जेठ–   पश्चिम सुर्खेतको घाटगाउँमा रहेका पाँचवटा छाउपडी गोठ भत्काइएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा वातावरण सुधार समाज सुर्खेत र दैलेखमा सञ्चालन भएको छाउपडी उन्मूलन परियोजनाले शनिबारदेखि सुरु गरेको अभियानअन्तर्गत घाटगाउँ–७ र ८ का छाउपडी गोठ भत्काइएको हो । गाविसस्तरीय छाउपडी उन्मूलन...

कम्प्युटर शिक्षक आफैं कम्प्युटर सिक्दै

२०७१ जेठ ११ गते ३:०४

जाजरकोट, ११ जेठ– पाठयक्रममै कम्प्युटर शिक्षा राखेको एक वर्षपछि जाजरकोटका शिक्षकहरु बल्ल कम्प्युटर सिक्न थालेका छन् । जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षकहरु अहिले सदरमुकामका इन्स्टिच्युटमा धाउन थालेका छन् । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको कम्प्युटर अध्यापन हुने विद्यालयका लागि १० दिने आइसिटी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us