
काठमाण्डु, ११ जेठ– आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि दलहरुले आज उम्मेवदारी दिंदैछन् ।
दलहरुले काठमाण्डु–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ का लागि उम्मेदवारी दिन लागेका हुन् ।
प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले उपनिर्वाचनका लागि उम्मेदवार चयन गरिसकेका छन् । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।