उम्मेदवार कुट्नेलाई छाड्न माग गर्दै पूर्व बन्द

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ३:३० मा प्रकाशित

सुनसरी, ११ जेठ– गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनका बेला पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै मञ्च सम्वद्ध संघीय लिम्बुवान राष्ट्रिय परिषदले आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण ती जिल्लामा लामो तथा छोटो दूरीका यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् । यस्तै बन्दका कारण बजार पसल आशिंक रुपमा मात्र खुलेका छन् भने शैक्षिक संस्था र कलकारखानामा समेत बन्दको प्रभाव परेको छ ।

निर्वाचनका बेला ताप्लुजेङबाट फक्राउ परेका आफ्ना ५ कार्यकर्ता रिहाइको माग गर्दै परिषदले मेची र कोसीका नौ जिल्ला बन्द गराएको हो । संविधानसभा निर्वाचनका बेला ताप्लेजुङ–१ का एकीकृत माओवादी उम्मेदवार सञ्चपाल मादेनमाथि सांघातीक आक्रमण गर्ने कार्यमा संलग्न ५ जना पुर्पक्षका लागि थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us