
गोरखा, ११ जेठ– सरकारले जनता आवास कार्यक्रमअन्तर्गत तयार गरिएका ३० वटा नयाँ घर गोरखाका चेपाङलाई हस्तान्तरण गरेको छ ।
भुम्लिचोक, ताङ्लिचोक, मकैसिंङ, ताक्लुङ र घ्याल्चोक गाविसमा निर्माण भएका ती घर हस्तान्तरण गरिएको हो ।
यसअघि जिल्लामा सयको सङ्ख्यामा चेपाङ समुदायलाई नयाँ घर वितरण गरिएको थियो । नयाँ घर पाएपछि चेपाङहरु खुसी भएका छन् । जिल्लामा झन्डै ७ सय घरधुरी चेपाङ छन् । सहरी विकास तथा भवन डिभिजन कार्यालयले तीन वर्षदेखि जनता आवास कार्यक्रमअन्तर्गत चेपाङ समुदायका लागि घर निर्माण गर्दै आएको छ ।
नयाँ घर पाएपछि चेपाङ परिवार पहिलेको पुरानो छाप्रोबाट नयाा घरमा सर्न थालेका छन् । घरसँगै सरकारले शौचालय निर्माणका लागि १० हजार रुपैयाँसमेत प्रदान गरेको छ ।