समाचार

प्रधानमन्त्री कोइराला दिल्लीमा

२०७१ जेठ १२ गते ६:१९

काठमाण्डु, १२ जेठ– प्रधानमन्त्री सुशील कोइराला आज दक्षिण छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली गएका छन् । कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै एयर इण्डियाको जहाजबाट बिहान साढे ९ बजे त्यसतर्फ गएका हुन् । टोलीमा भौतिक...

एमाओवादी पदाधिकारी र स्थायी समितिका लागि निर्वाचन जारी

२०७१ जेठ १२ गते ६:१६

काठमाण्डु, १२ जेठ– एकीकृत नेकपा माओवादीको स्थायी समिति र पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । स्थायी समितिको मतदान केहि समय अघि सकिएको छ । स्थायी समितिको  परिणाम आएलगत्तै केन्द्रीय पदाधिकारीका लागि मतदान हुने निर्वाचन समितिका सदस्यले जानकारी दिए । दोश्रो चरणको निर्वाचनअन्तर्गत आज...

नक्कली प्रमाणपत्र पेश गर्ने इन्जिनियर विरुद्ध आरोपपत्र दर्ता

२०७१ जेठ ११ गते १५:२४

काठमाण्डु, ११ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रमा कार्यरत इन्जिनियर सत्यनारायण गामीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गराएको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार गामीले सेवामा प्रवेश गर्ने प्रयोजनका...

संविधानसभा उपनिर्वाचनमा ८१ जनाको उम्मेदवारी दर्ता

२०७१ जेठ ११ गते १५:१७

काठमाण्डु, ११ जेठ – निर्वाचन आयोगले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार ती निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८१ जनाले आफ्नो उम्मेद्वारी दर्ता...

एमाओवादी पोलिटब्युरो सदस्यको मतपरिणाम घोषणा (कोको परे नामावली र मतपरिणामसहित)

२०७१ जेठ ११ गते १५:०७

काठमाण्डु, ११ जेठ –एकिकृत माओवादीले निर्वाचन मार्फत ५० जना पोलिटब्युरो सदस्य चयन गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार भएको निर्वाचनले पोलिटब्युरो सदस्य चयन गरेको हो । निर्वाचनमा केन्द्रीय समितिका सबै १ सय ५१ जना नै उम्मेदवार र मतदाता थिए । नेता बाबुराम...

आगलागीबाट सात घर जलेर नष्ट

२०७१ जेठ ११ गते १४:१६

सप्तरी, ११ जेठ – सप्तरीको मल्हनामा गाविस–५ स्थित दलित बस्तीमा आज दिउँसो भएको आगलागीमा चार परिवारको सात घर जलेर नष्ट भएको छ । मल्हनामा गाविस–५ निवासी खुसीलाल दासको घरबाट दिउँसो ३ बजेतिर सल्केको आगो फैलिएर दास तत्माको ४ वटा, स्थानीय इन्द्र सरदारको दुईलगायत सात...

भारतको दिल्लीबाट नेपाली बालकको उद्धार

२०७१ जेठ ११ गते १२:५०

कैलाली, ११ जेठ – भारतको नयाँ दिल्ली रेल्वे स्टेसनमा अलपत्र अवस्थामा फेला परेका चार बालकलाई कैलालीको एक संस्थाले आइतबार उद्धार गरेको छ । कैलालीको गेटा–४ श्रीलङ्का स्थायी घर भएका वर्ष १३ का सन्तोष विक, १४ वर्षका दीपक जोरा, १४ वर्षका पवन विक र १४...

एसएसपी खरेललाई कारबाही गर्न डीआइजीकाे संयोजकत्वमा छानविन समिति

२०७१ जेठ ११ गते १२:४३

काठमाण्डु, ११ जेठ – काठमाडौंका प्रमुख एसएसपी रमेश खरेलले शनिवार सार्वजनिक रुपमा दिएको अभिब्यक्ति सम्बन्धमा छानविन गर्न उच्चस्तरीय समिति गठन भएको छ । डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ । एसएसपी खरेलले शनिवार एक कार्यक्रममा केही डीआइजीहरु...

उपनिर्वाचनका लागि चितवनमा ११ जनाको उम्मेदवारी

२०७१ जेठ ११ गते ११:२७

चितवन, ११ जेठ – आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वानका लागि चितवन–४ मा ११ जनाले उम्मेदवारी दिएका छन् । चितवन–४ मा काँग्रेसबाट रामकृष्ण घिमिरे, एमालेबाट दिलकुमारी रावल र एकीकृत माओवादीबाट खुसिराम पाख्रिनले उम्मेदवारी दिएका छन् । रावल यसअघि ४ मंसिरमा भएको संविधानसभा निर्वाचनमा...

अमेरिकी जल सेनाका जर्नेल लक्लियर नेपालमा

२०७१ जेठ ११ गते ११:२५

काठमाण्डु, ११ जेठ– प्रधानसेनापति गौरव शमसेर जबराको निमन्त्रणमा अमेरिकी जल सेनाका प्यासिफिक क्षेत्रीय कमाण्डर सामुअल जे लक्लियर चार दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । हवाइ टापुका कमाण्डर रहेका लक्लियर अमेरिकी जल सेनाका चार तारे जर्नेल लक्लियर हुन् । प्रधानसेनापति राणाले एक महिनाअघि...

कमल थापाको विश्लेषण: एमाओवादी जडसूत्रवादी, काँग्रेस दिशाहीन, एमाले अवसरवादी

२०७१ जेठ ११ गते १०:४७

काठमाण्डु, ११ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानीमा जारी पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा काँग्रेस, एमाले र एकीकृत माओवादीप्रतिको आफ्नो धारणा उल्लेख गरेका छन् । थापाले आफ्नो ३९ पृष्ठ लमो प्रतिवेदनमा कांग्रेसलाई दिशाहीन राजनीतिक शक्तिका रुपमा औंल्याएका छन् । काँग्रेसको वर्तमान नेतृत्व पार्टी...

अख्तियारद्वारा सुत्केरीको औषधिमा भ्रष्टाचार गर्ने १२ जनाविरुद्ध मुद्धा दायर

२०७१ जेठ ११ गते १०:२६

काठमाण्डु, ११ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्भवती तथा सुत्केरी महिलाको औषधिमा आथिर्क अनियमितता गरेको अभियोगमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहसहित जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । पक्राउ पर्ने अन्यमा साहसहित स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक डा. मिङमारग्याल्जेन शेर्पा, आपूर्ति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us