
चितवन, ११ जेठ – आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वानका लागि चितवन–४ मा ११ जनाले उम्मेदवारी दिएका छन् ।
चितवन–४ मा काँग्रेसबाट रामकृष्ण घिमिरे, एमालेबाट दिलकुमारी रावल र एकीकृत माओवादीबाट खुसिराम पाख्रिनले उम्मेदवारी दिएका छन् ।
रावल यसअघि ४ मंसिरमा भएको संविधानसभा निर्वाचनमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालासँग पराजित भएकी थिइन् । बाँके–३ बाट समेत निर्वाचित भएका कोइरालाले चितवन छाडेपछि निर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरु फूल माला र अबिर लगाएर कार्यकर्ताका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।