
काठमाण्डु, ११ जेठ –एकिकृत माओवादीले निर्वाचन मार्फत ५० जना पोलिटब्युरो सदस्य चयन गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार भएको निर्वाचनले पोलिटब्युरो सदस्य चयन गरेको हो । निर्वाचनमा केन्द्रीय समितिका सबै १ सय ५१ जना नै उम्मेदवार र मतदाता थिए । नेता बाबुराम भट्टराई पक्षले बहिष्कार गरेको निर्वाचनमा १ सय १६ मत खसेको थियो । जसमा १७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । साथै ८ जना अनुपस्थित रहेका थिए ।
निर्वाचित हुनेमा सबैभन्दा बढी पोष्टबहादुर बोगटीले १ सय मत पाए । यस्तै नेता नारायणकाजी श्रेष्ठले ९९ र बाबुराम भट्टराईले ९२ मत ल्याए । सबैभन्दा कम मत बामदेव क्षेत्रीले ४३ पाए । पोलिट्ब्युरोका ५० मध्ये २२ नयाँ अनुहार आएका छन ।
पोष्टबहादुर बोगटी ( १००), नारायणकाजी श्रेष्ठ (९९) देवेन्द्र पौडेल (९९), वर्षमान पुन, ९८), नन्दबहादुर पुन …(९८), कृष्णबहादुर महरा (९७), लोकेन्द्र विष्टमगर (९७), गोपाल किराती (९७), उर्मिला अर्याल (९७), गिरिराजमणि पोखरेल (९६), अग्निप्रसाद सापकोटा (९६), हितराज पाण्डे (९६), लीलामणि पोखरेल (९५), हरिबोल गजुरेल (९५), जनादर्शन शर्मा (९५), चक्रपाणि खनाल (९५), विश्वभक्त दुलाल (९५), सुरेन्द्र कार्की (९४), रामचन्द्र झा (९४), हेमन्तप्रकाश ओली (९३), बाबुराम भट्टराई (९२), टोपबहादुर रायमाझी (९२), दीनानाथ शर्मा (९२), शक्तिबहादुर बस्नेत (८९), नारायणप्रसाद दाहाल (८८), गणेशमान पुन (८८), विश्वनाथ साह (८७), डीलाराम आचार्य (८६), ओनसरी घर्तीमगर (८६), लेखराज भट्ट (८५), हिसिला यमी (८४), हितबहादुर तामाङ (८१), शशी श्रेष्ठ (८१), सुरेशकुमार राई (७८), झक्कुप्रसाद सुवेदी (७६), टंक आङबुहाङ (७६), कालीबहादुर मल्ल (७५), महेन्द्र पासवान (७५), सन्तु दराई (७१), हरिराज अधिकारी (६९), प्रल्हाद बुढाथोकी (६६), जगप्रसाद शर्मा (६३), पूर्णकुमारी सुवेदी (६३), डीआर पौडेल (६२), रेखा शर्मा (६०), ध्रुव पराजुली (५८), गंगानारायण श्रेष्ठ (५६), प्रभु साह (४८), कमला रोका (४६) र बामदेव क्षेत्री (४३) छन् ।
पोलिट्ब्युरोमा आउने नयाँ सदस्य
नारायण दहाल, ध्रुव पराजुली, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, ओनसरी घर्तीमगर, हरिराज अधिकारी, गंगानारायण श्रेष्ठ, प्रभु साह, शशी श्रेष्ठ, टंक आङबुहाङ, सुरेशकुमार राई, प्रल्हाद बुढाथोकी, डिआर पौडेल, महेन्द्र पासवान, कुमार पौडेल लगायतका छन् ।
निर्वाचन बहिष्कार गरेका बाबुराम पक्षले पनि पोलिटब्युरो सदस्य जितेका छन् ।
सो पक्षका भट्टराई सहित लगायत टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, प्रभु साह, बामदेव क्षेत्री र गंगानारायण श्रेष्ठले जितेका छन् । उनीहरु कसैले पनि निर्वाचनमा भाग लिएका थिएनन् । भट्टराई पक्षधर नवराज सुवेदीले भने चुनाव हारेका छन् ।
अध्यक्ष बाहेक ८ सदस्यीय पदाधिकारी र १७ जना पोलिटब्युरो सदस्यको चयन सोमबार हुने भएको छ । ८ सदस्यीय पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष छानिने छन् । जसमा १ सय ५१ जना केन्द्रीय सदस्यले मतदान गर्नेछन् ।