नक्कली प्रमाणपत्र पेश गर्ने इन्जिनियर विरुद्ध आरोपपत्र दर्ता

काठमाण्डु टुडे २०७१ जेठ ११ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ११ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रमा कार्यरत इन्जिनियर सत्यनारायण गामीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गराएको छ ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार गामीले सेवामा प्रवेश गर्ने प्रयोजनका लागि पेस गरेको बिहारको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली एवम् झुठो देखिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ एक बमोजिम गामीमाथि हदैसम्मको दण्डसजायको माग दावी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us