काठमाण्डु, १२ – संसदीय सुनुवाई विशेष समितिले न्याय परिषदद्वारा सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरिएका आठै जनालाई अनुमोदित गरेको छ । ८ मध्ये ओमप्रकाश मिश्र र वैद्यनाथ उपाध्याय सर्वसम्मत भए । एमाले, एकीकृत माओवादी, समाजवादी जनता दललगायतले ६ न्यायाधीशविरुद्ध मतदान गरेका थिए । राष्ट्रिय...
नयाँदिल्ली, १२ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भारतका निवर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंहलाई भेटेका छन् । सिंहले सरकारी निवास छाड्नुअघि कोइरालाले सेभेन रेसकोर्स रोडस्थित निवासमा उनलाई भेटेका हुन् । भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा...
नुवाकोट, १२ जेठ – नुवाकोटको ओखरपौवाको डम्पिङ साइटमा फोहर बोकेर आएको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाण्डुबाट फोहर बोकेर ओखरपौवा गाविस–४ ल्यान्डफिल्ड साइटमा फोहर फाल्न आएको बा २ ख ५४५५ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँकी ३० वर्षीया दुर्गा सेढाईंको घटनास्थलमै मृत्यु...
काठमाण्डु, १२ जेठ– एकीकृत माओवादी केन्द्रीय पदाधिकारी चयनका लागि सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ । समय अभावका कारण निर्वाचन मंगलबारका लागि सारिएको निर्वाचन समिति सदस्य रामनारायण बिडारीले काठमाण्डु टुडेलाई जानकारी दिए ।उनले पदाधिकारीका लागि मंगलबार बिहान ११ बजे निार्वचन हुने बताए ।...
काठमाण्डु , १२ जेठ – संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित आठ न्यायाधीशको नाम अनुमोदनका सम्बन्धमा सभासद्हरुबीच मत बाझिएपछि मतदान प्रारम्भ भएको छ । अपराह्न २ बजेपछि सुुरु भएको सो बैठकमा सभासद्हरुबीच कुरा नमिलेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य कुलबहादुर...
काठमाण्डु, १२ जेठ– एकीकृत माओवादीले निर्वाचनबाट १६ सदस्यीय स्थायी समिति चयन गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार भएको निर्वाचनले स्थायी समिति चयन गरेको हो । निर्वाचनमा कूल १ सय १६ मत खसेकामा १ सय १० मत सदर भएको थियो । १६ सदस्यीय...
काठमाण्डु, १२ जेठ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले बाबुराम भट्टराईका कारण एकीकृत माओवादीसँगको पार्टी एकता जटिल बन्दै गएको बताएका छन् । पार्टी मुख्यालय, बुद्धनगरमा सोमबार पत्रकार सम्मेलन गरी थापाले भट्टराईका कारण पार्टी एकता प्रक्रियामा जटिलता थपिएको बताएका छन् । भट्टराईले अघि सारेको...
चितवन, १२ जेठ – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गास्थित चितवन र तनहु“ जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल आइतबार सा“झ आएको हावाले भत्काएको छ । चार खम्बासहितको ८० मि लामो गाडी गुड्न मिल्ने सो पुलको ट्रस हाल्ने क्रममा ट्रसको पूरै भाग हावाले भत्काएको हो ।...
नयाँदिल्ली, १२ जेठ– भारतको १५ औं प्रधानमन्त्रीका रुपमा भाजपा नेता नरेन्द्र मोदीले थप तथा गोपनियताको सपथ लिएका छन् । मोदीले राष्ट्रपति प्रणव मुखर्जीबाट सोमबार साँझ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा स्वदेशी र विदेशी गरी झण्डै ४ हजार सहभागी थिए ।...
काठमाण्डु, १२ – सर्वाेच्च अदालतका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ न्यायाधीशमध्ये कसलाई अनुमोदन गर्ने भन्नेबारे संसदीय सुनुवाई विशेष समितिले आज निर्णय गर्दैछ । त्यसका लागि आज विशेष समितिको बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो बस्ने बैठकले कसकसलाई अनुमोदन गर्ने भन्नेबारे निर्णय लिने समिति सदस्य रवीन्द्र...
सोलुखुम्बु, १२ जेठ – नेचाबेतघारी– ८ सोलुखुम्बुस्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएको एक दम्पतीको गए राति हत्या भएको छ । खोला छेउमा रहेको बाटामा सामान्य व्यवसाय गर्दै आएका मानध्वज राई र उनकी श्रीमतीलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या...
महोत्तरी , १२ जेठ – पोखरीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सिस्वाकटैया–४ बस्ने जैनुल अन्सारीका सात वर्षीय छोरा तौसिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्मी छल्नका लागि घरनजिकै रहेको पोखरीमा पौडी खेल्न गएको बालकको...