
नयाँदिल्ली, १२ जेठ– भारतको १५ औं प्रधानमन्त्रीका रुपमा भाजपा नेता नरेन्द्र मोदीले थप तथा गोपनियताको सपथ लिएका छन् ।
मोदीले राष्ट्रपति प्रणव मुखर्जीबाट सोमबार साँझ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा स्वदेशी र विदेशी गरी झण्डै ४ हजार सहभागी थिए । मोदीलगत्ततै भाजपा अध्यक्ष राजनाथ सिंह र पूर्वसभामुख सुषमा स्वराँजले मन्त्रीको सपथ लिए । मोदीको सपथ ग्रहण समारोह जारी रहँदा नयाँदिल्लीस्थित भापजा मुख्यालयमा आतसबाजी गरिएको थियो । मोदीको सपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री सुशील कोइरालासहित सार्क राष्ट्रका सरकार प्रमुख सहभागी थिए ।