मध्यरातमा दम्पतीकोे हत्या

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ६:५४ मा प्रकाशित

सोलुखुम्बु, १२ जेठ – नेचाबेतघारी– ८ सोलुखुम्बुस्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएको एक दम्पतीको गए राति हत्या भएको छ ।

खोला छेउमा रहेको बाटामा सामान्य व्यवसाय गर्दै आएका मानध्वज राई र उनकी श्रीमतीलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

राति करिब ११ः३० बजे भएको घटनाका सम्बन्धमा राति १२ बजे जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कमल कटुवालको नेतृत्वमा घटनास्थलमा परिचालन भई मुचुल्का उठाउने काम भइरहेको इलाका प्रहरी कार्यालय नेचाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us