पोखरीमा डुबेर बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ६:५१ मा प्रकाशित

महोत्तरी , १२ जेठ – पोखरीमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको सिस्वाकटैया–४ बस्ने जैनुल अन्सारीका सात वर्षीय छोरा तौसिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गर्मी छल्नका लागि घरनजिकै रहेको पोखरीमा पौडी खेल्न गएको बालकको डुबेर मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर भट्टराईले बताए ।

खेल्नका लागि घरबाहिर गएका बालक अन्सारी राति अबेरसम्म घर नआउँदा परिवारजनले खोज्दै जाँदा राति ९ बजे घरनजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालकको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us