संसदीय सुनुवाइ समितिमा न्यायाधीश चयनका लागि मतदान हुँदै

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ११:५६ मा प्रकाशित

काठमाण्डु , १२ जेठ – संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित आठ न्यायाधीशको नाम अनुमोदनका सम्बन्धमा सभासद्हरुबीच मत बाझिएपछि मतदान प्रारम्भ भएको छ ।

अपराह्न २ बजेपछि सुुरु भएको सो बैठकमा सभासद्हरुबीच कुरा नमिलेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले मतदानका लागि कार्य आरम्भ गर्न आधा घण्टासम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

संविधानसभा–व्यवस्थापिका संसद् कार्य सञ्चालन नियमावली २०७० को नियम ११९ (५) बमोजिम सम्भावित उम्मेदवारहरुको नाम समितिको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिनेछ ।

सो नियमावलीबमोजिम विद्यमान ७० सभासद्को दुईतिहाईका लागि ४८ मत पुग्नुपर्ने हुन्छ । स्थगित बैठक केही समयपछि प्रारम्भ हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us