पार्टी एकताका लागि भट्टराई बाधक – बादल

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ९:४१ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले बाबुराम भट्टराईका कारण एकीकृत माओवादीसँगको पार्टी एकता जटिल बन्दै गएको बताएका छन् ।

Badalपार्टी मुख्यालय, बुद्धनगरमा सोमबार पत्रकार सम्मेलन गरी थापाले भट्टराईका कारण पार्टी एकता प्रक्रियामा जटिलता थपिएको बताएका छन् ।

भट्टराईले अघि सारेको नयाँ शक्तिको बहसले पार्टी एकतामा जटिलता थपिएको उनको भनाइ थियो । तर, दुई पार्टीबीच एकताको विकल्प नरहेको उनले बताए । ‘क्रान्तीकारी ध्रुविकरणको विकल्प छैन’ थापाले भने तर ‘बाबुराम भट्टराईका कारण एकता जटिल भएको छ ।

पार्टीगत तहमा दुई पार्टीबीच एकताका लागि सकारात्मक छलफल भैरहेको थापाले उल्लेख गरे । पार्टी एकताका लागि आफूहरुले अघि सारेको ६ बुँदे सर्तका अधिकांश सहमती नजिक पुगेको थापाले बताए ।

अर्को एक फरक प्रसङगमा उनले षड्यन्त्रपूर्वक आएको वर्तमान संविधानसभाले संविधान जारी गर्न नसक्ने दोहो¥याए ।

आफूहरुले माग गर्दै आएको गोलमेच सभाका लागि छलफल अगाडी बढेको र सकारात्मक दिशातर्फ उन्मुख रहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us