समाचार

बाबुराम पक्षले निर्वाचन बहिस्कार गरेकामा प्रचण्ड रुष्ट

२०७१ जेठ १३ गते १४:२३

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता बाबुारम भट्टराई पक्षले आफैंले तय गरेको कार्यविधिअनुसार नेतृत्व चयनका लागि भएको निर्वाचन बहिस्कार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । निर्वाचनमार्फत पदाधिकारी चयन भएको घोषणा गर्न मंगलबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा अायोजित पत्रकार सम्मेलनमा उनले...

अख्तियारद्वारा पूर्वाञ्चल विश्वविद्यालयका निलम्बित उपकुलपतिसहित ६ पक्राउ

२०७१ जेठ १३ गते १३:५१

काठमाण्डु, १३ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित छ पदाधिकारीलाई मंगलबार पक्राउ गरेको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले उपकुलपति महेश्वरमान श्रेष्ठ, रजिष्ट्रार डा. निरोज पाण्डे र परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत, विज्ञान तथा प्रविधि सङ्कायका डीन शुभनारायण पाठक, व्यवस्थापन सङ्कायका...

ईआईजीपीमा ७ जनाको नाम सिफारिस

२०७१ जेठ १३ गते १३:४२

काठमाण्डु, १३ जेठ – नेपाल प्रहरीको लामो समयदेखि रिक्त रहँदै आएको अतिरिक्त महानिरीक्षक (एआईजीपी) का लागि ७ जनाको सिफारिस भएको छ । गृहसचिव नेतृत्वको सिफारिस समितिले मंगलबार ७ नायव महानिरीक्षक (डिआईजीपी) लाई एआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो । समितिले डिआईजीपीहरु क्रमश: राजेन्द्रसिंह भण्डारी,...

पत्रकार लिम्बूको स्मृतिमा कोष स्थापना

२०७१ जेठ १३ गते १३:२९

काठमाण्डु, १३ जेठ – स्वर्गीय पत्रकार युवराज लिम्बूको स्मृतिमा अक्षयकोष स्थापना भएको छ । लिम्बू पत्रकार संघले कोष निर्माणको पहल गरेको हो । अक्षय कोषका लागि ३ लाख रुपैयाँ संकलन भइसकेको संघले जनाएको छ । संघका कोषाध्यक्ष मिलन लिम्बूले मंगलबार एक विज्ञप्ति जारी गर्दै...

भट्टराईले भने, ‘एमाओवादी चुनाव भारदारी सभा’

२०७१ जेठ १३ गते १३:०३

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले पार्टी नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पार्टीमा भएको निर्वाचनलाई नौटंकी र भारदारीसभा भनेका हुन् । ‘मनोनीत केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने...

एकीकृत माओवादीले छान्यो केन्द्रीय पदाधिकारी (मतपरिणामसहित)

२०७१ जेठ १३ गते १०:५४

काठमाण्डु, १३ जेठ – एकीकृत माओवादीले निर्वाचन मार्फत पदाधिकारी चयन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मङगलबार भएको निर्वाचनले ७ सदस्यीय पदाधिकारी चयन गरेको हो । निर्वाचनबाट उपाध्यक्षमा पोष्टबहादुर बोगटी र नारायणकाजी श्रेष्ठ , महासचिवमा कृष्णबहादुर महरा र सचिवहरुमा वर्षमान पुन, टोपबहादुर रायमामझी र गिरिराजमणि...

महासंघको दादागिरी तत्काल बन्द नगरे अदालत जाने चेतावनी : संघर्ष समिति

२०७१ जेठ १३ गते ९:४३

काठमाण्डु, १३ जेठ – स्वास्थ्य व्यवसायी संघर्ष समितिले नेपाल स्वास्थ्य व्यवसायी महासंघका पदाधिकारीहरुको दादागिरी तत्काल बन्द नगरे अदालत जाने चेतावनी दिएका छन् । समितिले महासंघमा आवद्ध सदस्य संस्थाहरुमाथि चरम शोषण गरेको, विदेशीएजेन्ट, दलालसँग मिलेर करोडौंको आर्थिक हिनामिना गरेको, सिन्डिकेट प्रथा लागू गरेको आरोप लगाउँदै...

एमाओवादीमा नयाँ प्रयोग : सहमती अनुमोदन गर्न चुनाव

२०७१ जेठ १३ गते ९:१७

काठमाण्डु, १३ जेठ – एकीकृत नेकपा माओवादीको पदाधिकारीका लागि मतदान सकिएको छ । पदाधिकारीका चयनका लागि भएको निर्वाचनकाे अहिले मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । स्थायी समिति सदस्यसहित पदाधिकारीको निर्वाचन हिजो हुने भनिए पनि तयारी नपुगेको भन्दै  सहमतीका लागि पदाधिकारी निर्वाचन आजका...

अर्मलामा अरु ठाउँमा पनि भ्वाङ

२०७१ जेठ १३ गते ८:३५

कास्की, १३ जेठ कास्कीको अर्मलामा अरु ठाउँमा पनि भ्वाङ भेटिएको छ । भुगर्भविद्हरुको टोलीको अनुसन्धानका आधारमा अरु ठाउँमा पनि भ्वाङ भेटिएको हो । भ्वाङ पर्न सक्ने संभावित ठाउमा खनेर हेर्दा अरु पाँच ठाउमा भ्वाङ भेटिएको अनुसन्धान टोलीका सदस्य भुगर्भविद् उमेशचन्द्र भुषालले जानकारी दिए ।...

मोदीद्धारा नेपाल भ्रमणको निम्तो स्वीकार

२०७१ जेठ १३ गते ७:५७

नयाँदिल्ली, १३ जेठ– नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले दिएको दिएको निम्तो स्वीकार गर्दै मोदी नेपाल आउने भएका हुन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मंगलबार भएको भेटमा कोइरालाले मोदीलाई भ्रमणको निम्ता दिएका हुन् । जवाफमा मोदीले आफू...

पर्यटन व्यवसायीमाथि प्रहरी हस्तक्षेप

२०७१ जेठ १३ गते ७:४०

काठमाण्डु, जेठ १३ – पर्यटन व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । पर्यटन बोर्डविरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । व्यवसायीको कार ¥याली सकिनै लाग्दा ट्राफिक जाम भएको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा ट्राभल एजेन्ट एसोसिएसन (टान) का अध्यक्ष...

आज कृष्ण सेन स्मृति दिवस

२०७१ जेठ १३ गते ५:१२

काठमाण्डु, १३ जेठ– पत्रकार एवम् साहित्यकार कृष्णसेन ‘इच्छुक’ को १२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा राजधानीमा बिहान क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त आयोजनामा प्रभातफेरि आयोजना गरियो । प्रभातफेरिमा पत्रकार र साहित्यकारहरुको उपस्थिति थियो । शान्तिबाटिकाबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us