मोदीद्धारा नेपाल भ्रमणको निम्तो स्वीकार

काठमाण्डु टुडे २०७१ जेठ १३ गते ७:५७ मा प्रकाशित

नयाँदिल्ली, १३ जेठ– नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले दिएको दिएको निम्तो स्वीकार गर्दै मोदी नेपाल आउने भएका हुन् ।

modiनयाँदिल्लीस्थित हैदरावाद हाउसमा मंगलबार भएको भेटमा कोइरालाले मोदीलाई भ्रमणको निम्ता दिएका हुन् । जवाफमा मोदीले आफू पनि नेपाल आउन इच्छुक रहेको र छिट्टै समय मिलाएर नेपाल आउने बताएका थिए ।

प्रधानमन्त्री कोइरालाले आगामी नोभेम्बरमा हुने सार्क शिखर सम्मेलनअघि नै नेपाल आउन आग्रह मोदीलाई आग्रह गरे । पछिल्लो १५ वर्षदेखि  भारतबाट उच्चस्तरीय भ्रमण हुन नसकेकाले तत्काल भ्रमण भए त्यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने कोइरालाको भनाइ थियो ।

प्रधानमन्त्री कोइरालाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने र त्यसपछि आर्थिक स्थायित्वमार्फत विकासको बाटो खोल्ने रहेको भन्दै त्यसका लागी भारतीय सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
मोदीले नेपालमा तोकिएकै समयमा लोकतान्त्रिक संविधान आओस भन्ने भारत सरकारको चाहना रहेको भन्दै लोकतान्त्रिक संविधान, स्थायित्व र विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेको भेटमा सहभागी भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधीले जानकारी दिए ।

मोदीले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई अझै सुदृढ सम्बन्ध बनाउन नयाँ गति दिनु पर्नेमा जोड दिँदै अब नेपाल विकसित र सम्पन्न हुनु पर्ने बताए । भेटमा निधिका अतिरिक्त, काँग्रेस केन्द्रीय सदस्यद्वय सुजाता कोइराला र शंसाक कोइराला पनि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us