अर्मलामा अरु ठाउँमा पनि भ्वाङ

काठमाण्डु टुडे २०७१ जेठ १३ गते ८:३५ मा प्रकाशित

कास्की, १३ जेठ कास्कीको अर्मलामा अरु ठाउँमा पनि भ्वाङ भेटिएको छ । भुगर्भविद्हरुको टोलीको अनुसन्धानका आधारमा अरु ठाउँमा पनि भ्वाङ भेटिएको हो ।

armalaभ्वाङ पर्न सक्ने संभावित ठाउमा खनेर हेर्दा अरु पाँच ठाउमा भ्वाङ भेटिएको अनुसन्धान टोलीका सदस्य भुगर्भविद् उमेशचन्द्र भुषालले जानकारी दिए ।  सवै ठाउमा अनुसन्धान तत्काल संभव नभएकाले घर वरीपरिका केही ठाउमा खनेर हेरेपनि अन्य धेरै ठाउमा भ्वाङ पर्ने खतरा रहेको भुषालले बताए ।

स्थानियवासिन्दाले भने भ्वाङ पर्न सक्ने खतरा देखिएका अन्य ठाउमा पनि तत्काल भत्काएर भ्वाङ पुर्न माग गरेका छन । स्थानियवासी प्रकाश भट्टराईले भ्वाङ पर्ने संभावना देखिएका सवै ठाउमा नभत्काएमा जनधानको क्षति हुन सक्ने र बर्षाको बेला भ्वाङ पर्ने संभावना बढी रहेको शंका व्यक्त गरे ।

गएको बैशाख २६ गते देखि अनुसन्धान सुरु गरेको भुगर्भविद्हरुको टोलीले अन्तीम प्रतिवेदन भने असारको दोस्रो हप्ता मात्रै सार्वजनिक गर्ने भएको छ ।
कास्कीको अर्मलामा गएको बर्षपनि विभिन्न ठाउमा भ्वाङ परेपछि जनधनको क्षति हुने खतरा देखेर सरकारले भौगर्भिक अध्ययन गर्न भुगर्वविद्हरुको टोली खटाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us