भट्टराईले भने, ‘एमाओवादी चुनाव भारदारी सभा’

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले पार्टी नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

Baburam-Bhattarai_20110602084615सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पार्टीमा भएको निर्वाचनलाई नौटंकी र भारदारीसभा भनेका हुन् । ‘मनोनीत केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित ढंगले चुन्ने नौटंकीलाई एकजना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो’, भट्टराईले ट्वीटमा भनेका छन् ।

एमाओवादीको पोलिट्ब्युरो, स्थायी समिति र पदाधिकारी चयनका लागि भएको निर्वाचन भट्टराई पक्षले बहिस्कार गरेको थियो । केन्द्रीय समितिमा भट्टराईसहित सो पक्षका २७ जना छन् ।

निर्वाचनमार्फत भट्टराई पक्षका पोलिटब्युरोमा, ७ स्थायी समितिमा तीन र पदाधिकारीमा एक चुनिएका छन् । भट्टराईलाई भने मंगलबार बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै पदाधिकारीमा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको थियो ।

भट्टराईले गरेकाे ट्वीट यस्तो छ

brb

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us