समाचार

लागुऔषधसहित दुई पक्राउ

२०७१ जेठ १४ गते ५:२८

चितवन, १४ जेठ– प्रहरीले पूर्वी चितवनको वीरेन्द्रनगरबाट लागुऔषधसहित दुईजानालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय विकास श्रेष्ठ र १८ वर्षीय अमृत विक छन् । पक्राउ परेकाहरुको साथबाट फेनारगन तीन, नुफिन चार र डाइजेपाम चार थान बरामद गरिएको छ । उनीहरुलाई इलाका...

दुर्घटनामा दुईको मृत्यु

२०७१ जेठ १४ गते ५:१९

बुटवल, १४ जेठ– रुपन्देहीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बासगढीमा लु १ ज ७३७ नम्बरको जिपलाई लु १ ख ४२१२ नम्बरको ट्रिपरले ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको...

माछा मार्न जाँदा नदीमा डुबेर बेपत्ता

२०७१ जेठ १४ गते ४:५३

सुर्खेत, १४ जेठ– भेरी नदीमा माछा मार्न गएका एकजना नदीमा डुबेर बेपत्ता भएका छन् । पश्चिम सुर्खेतमा पर्ने हरिहरपूर–७ का २१ वर्षीय भवीन दलार्मीमगर नदीमा बेपत्ता भएका हुन् । मंगलबार दिउँसो २ बजे माछा मार्न भन्दै भेरीमा पुगेका दलार्मी ज्यामिरकुना नजिकैबाट बेपत्ता भएको स्थानीयलाई...

गणतन्त्र दिवसमा तीन दिन दिपावली

२०७१ जेठ १४ गते ४:२८

काठमाण्डु, १४ जेठ– सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । गृहमन्त्रालयले गणतन्त्र दिवस बिहीबार भए पनि बुधबारदेखि तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको हो । गणतन्त्र दिवस मुल समारोह समितिले सरकारी, गैरसरकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा ३...

रुकुममा दुई नगरपालिका घोषणा हुनुपर्ने माग

२०७१ जेठ १४ गते ३:५२

रुकुम, १४ जेठ– रुकुम जिल्लामा दुईवटा नगरपालिका घोषणा हुनुपर्ने माग गरिएको छ । केही समयअघि सरकारले गरेको नगरपालिका घोषणामा रुकुमलाई छुटाएको भन्दै जिल्लामा दुईवटा नगरपालिका घोषणाका लागि नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले माग गरेको हो । सदरमुकाम खलङ्गा गाविस र सााख गाविस समेटेर...

राप्रपा नेपालको अध्यक्षमा पुन: थापा

२०७१ जेठ १४ गते ३:२९

काठमाण्डु, १४ जेठ– राप्रपा नेपालको अध्यक्षमा पुन: कमल थापा निर्वाचित भएका छन् । गएराति अबेर सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले थापालाई पुन: अध्यक्ष निर्वाचित गरेको हो । नेतृत्व चयनका लागि भएको निर्वाचनमा थापाले सर्वाधिक १५४२ मत पाए । उनका प्रतिद्वन्द्वी पद्यसुन्दर लावतीले जम्मा १६८ मत...

एमाले केन्द्रीय समिति बैठक जारी

२०७१ जेठ १४ गते २:४६

काठमाण्डु, १४ जेठ– आसन्न नवौं महाधिवेशनको तयारीबारे छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक जारी छ । बिहान ११ बजेपछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतवेदनमाथि छलफल हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए । एमालेले आगामी असार १९...

ठेकेदारले एक्स–रे मेसिन नबनाउँदा बिरामी मारमा

२०७१ जेठ १४ गते २:२८

पर्सा, १४ जेठ– वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको एक्स–रे मेसिन एक सातादेखि बन्द भएपछि बिरामी मारमा परेका छन् । अस्पतालमा एक्स–रे मेसिन प्लेट अभावका कारण एक सातादेखि बन्द भएपछि उपचार गराउन आएका बिरामी मारमा परेका हुन् । अस्पताललाई कच्चापदार्थ तथा औषधि पूर्ति गर्ने ठेक्का...

प्रधानमन्त्री स्वदेश फिर्ता

२०७१ जेठ १४ गते २:२४

काठमाण्डु, १४ जेठ– प्रधानमन्त्री सुशील कोइराला तीन दिने भारत भारत भमण सकेर बुधबार स्वदेश फर्किएका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कोइराला सोमबार  नयाँदिल्ली पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा कोइरालाले आफ्नो...

एमाओवादीका नवनिर्वाचित सचिव रायमाझी भन्छन्, ‘हास्यास्पद निर्वाचनमा सहमति छैन’

२०७१ जेठ १३ गते १५:४३

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादीका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीको निर्वाचन प्रक्रियामा असहमति जनाउँदै त्यसलाई हास्यास्पदको संज्ञा दिएका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै रायमाझीले आफूहरुको असहमति र सहभागिताबिना गरिएको निर्वाचनको परिणाम स्वीकार नगर्ने बताएका हुन् । विज्ञप्तिमा उनले तल्लो तहदेखि निर्वाचन नगरेर...

भट्टराईद्वारा वरिष्ठ नेता र निर्वाचन परिणाम अस्वीकार गर्ने घोषणा

२०७१ जेठ १३ गते १५:२०

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफूलाई दिइएको वरिष्ठ नेताको जिम्मेवारीसहित हालै नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम स्वीकार नगर्ने बताएका छन् । मंगलबार राति बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै भट्टराईले आफूसहित आफ्नो पक्षका कोही पनि नेता उक्त जिम्मेवारी...

पन्त युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

२०७१ जेठ १३ गते १५:१०

काठमाण्डु, १३ जेठ– पत्रकार टंक पन्त उत्कुष्ठ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पन्तलाई राष्ट्रिय युवा सञ्जालले मंगलबार राजधानीमा गरेको ‘युवा मैत्री सविधान निर्माणमा युवा सभासदको भूमिका’ विषयक अन्तरक्रिया एवम् उत्कुष्ठ युवा पत्रकारिता वितरण समारोहमा पन्तलाइ पुरस्कृत गरिएको हो । पन्त नेपाल समाचारपत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us