पन्त युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १५:१० मा प्रकाशित

काठमाण्डु, १३ जेठ– पत्रकार टंक पन्त उत्कुष्ठ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
tanka pantaपन्तलाई राष्ट्रिय युवा सञ्जालले मंगलबार राजधानीमा गरेको ‘युवा मैत्री सविधान निर्माणमा युवा सभासदको भूमिका’ विषयक अन्तरक्रिया एवम् उत्कुष्ठ युवा पत्रकारिता वितरण समारोहमा पन्तलाइ पुरस्कृत गरिएको हो ।

पन्त नेपाल समाचारपत्र दैनिकका सम्पादक र नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य छन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पन्तलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरे । पुरस्कृत भएपछि पन्तले पुरस्कारले आफूलाई पत्रकारितामा थप सक्रिय बन्न उत्प्रेरणा मिलेको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us