समाचार

३ सय ३३ जनालाई मानपदवी प्रदान

२०७१ जेठ १५ गते ११:०३

काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले राजनीतिक, आर्थिक, सामाजिक र सरकारी सेवा लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलङकार र पदक प्रदान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ३ सय ३ जनालाई यस वर्ष मानपदवी र विभुषण प्रदान गरेका हुन् ।...

राज्यको पुनःसंरचना सुझाव आयोगको प्रतिवेदन संविधानसभामा प्रस्तुत

२०७१ जेठ १५ गते १०:४०

काठमाण्डु, १५ जेठ– संविधान अभिलेख तथा निक्र्योल समितिका सभापति विष्णुप्रसाद पौडेलले ‘तत्कालीन राज्यको पुनः संरचना र राज्यशक्तिको बाँडफाँट समितिसँग सम्बन्धित राज्यको पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन, २०६८’ सम्बन्धी पूरक प्रतिवेदन संविधानसभा वैठकमा पेश गरेका छन् । त्यसपछि ‘तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको...

सरकारको सहभागिता विना सगरमाथा दिवश

२०७१ जेठ १५ गते १०:०५

काठमाण्डु, १५ जेठ–  पर्यटन व्यवसायीहरुले सरकारको सहभागिता विनानै सातौ अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाएका छन् । यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय दिवश सरकारी उपस्थिति र सहभागिता विना नै मनाउनु पर्ने परिस्थिति आउनु लज्जास्पद भएको कार्यक्रमका सहभागी व्यवसायीहरु बताउँछन् । अघिल्ला बर्षहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...

राप्रपा नेपालले बनायो थापा र विष्टलाई वरिष्ठ नेता

२०७१ जेठ १५ गते ९:३१

काठमाण्डु, १५ जेठ–   राप्रपा नेपालले विश्वबन्धु थापा र केशरबहादुर बिष्टलाई वरिष्ठ नेता बनाएको छ । नव निर्वाचित केन्द्रीय समितिको बैठकले थापा र बिष्टलाई वरिष्ठ नेता नियुक्त गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । बैठकले उपचुनावका लागि कैलालीमा चन्द्रबहादुर गुरुङ, बर्दियामा...

संघियतालाई सहमतिमा टुङगो लगाइने – प्रधानमन्त्री कोइराला

२०७१ जेठ १५ गते ८:१३

काठमाण्डु, १५ जेठ–  प्रधानमन्त्री सुशील कोइरालाले आफूले चित्तबुझ्दो काम गर्न नसके सरकारमा नबसीरहने वताएका छन् । नेपाल बार एसोसिएसनको विशेष संबैधानिक सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको बिहीवार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले काम गर्न नसके सत्ता ओगटेर नबस्ने संकेत गरेका छन् । कोइरालाले संघीयताका विषयमा...

गणतन्त्र दिवश भव्य रुपमा मनाइयो

२०७१ जेठ १५ गते ४:३५

काठमाण्डु, १५ जेठ– नेपाल सङघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश मनाइदै छ । गणतन्त्र दिवसको अवसरमा हिजोसरकारी कार्यालय, गैरसरकारी संघ संस्थाहरुले हिजो बेलुका आ– आङ्खनो कार्यालयमा दिपावली गरेका छन् भने आज र भोलीसहित तीन दिनसम्म...

संविधानसभा बैठक जारी

२०७१ जेठ १५ गते २:५०

काठमाण्डु, १५ जेठ–  संविधानसभाको बैठक बसिरहेको छ । आजको बैठकमा अघिल्लो संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाडबाँट समितिले तयार पारेको प्रतिबेदनमाथिको छलफलले निरन्तरता पाउने संविधानसभा सचिवालयले जनाएको छ । यसअघि बसेको समिति बैठकमा पनि न्याय प्रणालीसम्बन्धी प्रतिवेदनमा छलफल भएको थियो । छलफलपछि सहमति...

बारको संवैधानिक सम्मेलन आजदेखि

२०७१ जेठ १५ गते २:४६

काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसका अवसरमा नेपाल बार एसोसिएसनले विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ । आजदेखि तीन दिनसम्म चल्ने सो सम्मेलनमा राज्यको शासकीय स्वरुप मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशीता, राज्यको पुनःसंरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा २९ वटा कार्यपत्र प्रस्तुत...

राष्ट्रपतिद्वारा एकसय पचपन्न जनाको बाँकी कैद मिनाहा

२०७१ जेठ १५ गते २:४१

काठमाण्डु, १५ जेठ– सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगीरहेका १ सय ५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १ सय ५१ बमोजिम उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपति यादवले...

भट्टराईको पतनलाई कसैले रोक्न सक्दैनः गजुरेल

२०७१ जेठ १५ गते २:३५

काठमाण्डु, १५ जेठ– एकीकृत नेकपा माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले वरिष्ठ नेता बाबुराम भट्टराईले पद्दती स्वीकार नगरे उनको पतनलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले निर्वाचनमार्फत हालै बनेको नयाँ पार्टी संरचनालाई स्वीकार गर्न नसके भट्टराई पार्टीबाट पतन हुने बताए । नेतृत्व चयनका लागि भएको...

आज सातौं गणतन्त्र दिवस

२०७१ जेठ १५ गते १:४४

काठमाण्डु, १५ जेठ– सातौं गणतन्त्र दिवस  आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । सरकारले साँझ देशभर सबैका घरघर, कार्यालय, व्यापारिक प्रतिस्ठानलगायतमा दिपावली गर्न आग्रह गरेको छ । दुई सय ४० वर्ष...

रमेश खरेलको सरुवाका लागि अनुमति दिने/नदिनेबारे निर्वाचन आयोगका पदाधिकारीबीच विवाद

२०७१ जेठ १४ गते १६:१५

काठमाण्डु, १४ जेठ–  काठमाण्डु प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई सरुवाका लागि अनुमति दिने कि नदिने भन्नेमा निर्वाचन आयोगका पदाधिकारीबीच तीव्र मतभेद भएको छ । गृह मन्त्रालयले खरेललाई प्रहरी मुख्यालयमा काज सरुवाका लागि अनुमति माग गर्दै लिखित पत्र पठाएपछि त्यसबारे आयोग पदाधिकारीबीच विवाद भएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us