
काठमाण्डु, १५ जेठ– राप्रपा नेपालले विश्वबन्धु थापा र केशरबहादुर बिष्टलाई वरिष्ठ नेता बनाएको छ ।
नव निर्वाचित केन्द्रीय समितिको बैठकले थापा र बिष्टलाई वरिष्ठ नेता नियुक्त गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले उपचुनावका लागि कैलालीमा चन्द्रबहादुर गुरुङ, बर्दियामा धवलशमशेर राणा, चितवनमा राजाराम श्रेष्ठ र काठमाडौंमा सुशील श्रेष्ठलाई कमाण्डर तोकेको छ ।