गणतन्त्र दिवश भव्य रुपमा मनाइयो

काठमाण्डु टुडे २०७१ जेठ १५ गते ४:३५ मा प्रकाशित

Ganatantra-diwas-flagकाठमाण्डु, १५ जेठ– नेपाल सङघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश मनाइदै छ ।
गणतन्त्र दिवसको अवसरमा हिजोसरकारी कार्यालय, गैरसरकारी संघ संस्थाहरुले हिजो बेलुका आ– आङ्खनो कार्यालयमा दिपावली गरेका छन् भने आज र भोलीसहित तीन दिनसम्म दिपावली गर्ने कार्यक्रम छ ।

जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवशका रुपमा मनाइदै आइएको छ ।

दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एंवम गणतन्त्र मूल समारोह समितिका अध्यक्ष सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङगी तथा संस्थानका कर्मचारी लगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
यसैबीच गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामवरण यादवले सयौं नेपालीको त्याग र बलिदान पश्चात हासिल गरिएका राजनीतिक अधिकारलाई संस्थागत, सुदृढ र चीरस्थाई बनाउनु पर्ने बताएका छन् ।
सन्देश मार्फत राष्ट्रपति यादवले दलहरुले कबूल गरेको समयावधि भित्रै नयाँ संविधान निर्माण गर्नुको विकल्प नरहेको बताएका हुन् । उपराष्ट्रपति परमानन्द झाले दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सार्वभौम नेपाली जनताले आङ्खनो नागरिक हक अधिकारका लागि बर्षौदेखि अनवरतरुपमा गरेका संघर्षको परिणाम स्वरुप स्थापित गणतन्त्र र लोकतान्त्रिक परिपाटीलाई संस्थागतरुपमा अझै मजबुत पार्नुपर्ने आजको टड्कारो आवश्यकता र अपरिहार्यता रहेको बताएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले गणतन्त्र दिवस २०७१ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

अघिल्लो संविधानसभाले सम्पन्न गरेको कामको स्वामित्व ग्रहण गर्ने, संविधानसभा र व्यवस्थापिका संसदको नियमावली पारित गर्ने, संविधान निर्माणको समयतालिका निर्माण गर्ने, संविधानसभाका समितिहरुको सभापतिमा निर्विरोध निर्वाचन गर्ने, शान्ति प्रकृयाको अभिन्न र जटिल अङग मानिएको बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन ऐन ल्याउने जस्ता कार्यमा आशातित सफलता हासिल भएको प्रधानमन्त्री कोइरालाले बताएका छन् ।

एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले गणतन्त्र दिवसको शुभकामना दिंदै माघ ८ गते भित्र नयाँ संविधान जारी हुने विश्वास ब्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us