
काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले राजनीतिक, आर्थिक, सामाजिक र सरकारी सेवा लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलङकार र पदक प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ३ सय ३ जनालाई यस वर्ष मानपदवी र विभुषण प्रदान गरेका हुन् ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई नेपाल रत्नले मरणोपरान्त सम्मानित गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीले सम्मानित गरिएको छ ।
स्व शैलजा आचार्य एवं स्व भिमबहादुर तामाङलाई मरणोपरान्त उक्त पदकबाट सम्मान गरिएको छ । रेग्मी मन्त्रिपरिषद्का सबै मन्त्रीहरुलाई मानपदवी प्रदान गरिएको छ ।
त्यस्तै, पत्रकारहरु किशोर नेपाल, धर्मेन्द्र झा, पन्नालाल गुप्ता, दुर्गा बराल वात्सायन, आरटी चटौत र प्रताप विष्ट पनि राष्ट्रपतिबाट पदक पाउने सूचीमा परेका छन् ।