संघियतालाई सहमतिमा टुङगो लगाइने – प्रधानमन्त्री कोइराला

काठमाण्डु टुडे २०७१ जेठ १५ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ–  प्रधानमन्त्री सुशील कोइरालाले आफूले चित्तबुझ्दो काम गर्न नसके सरकारमा नबसीरहने वताएका छन् ।

sushilनेपाल बार एसोसिएसनको विशेष संबैधानिक सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको बिहीवार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले काम गर्न नसके सत्ता ओगटेर नबस्ने संकेत गरेका छन् ।

कोइरालाले संघीयताका विषयमा दलहरुवीच एकखालको सहमति भइसकेकाले सहमतिमा टुंग्याउनेतर्फ जोड दिने र त्यसो हुन नसके संविधानसभावाट टुंगो लगाइने वताए ।

उनले भने,’संघीयता जटिल विषय हो । यसवारेमा दलहरुवीच सतहमा सहमति भएको छ । तर सकेसम्म सहमतिमै टुंग्याउनेमा जोड रहन्छ त्यसो हुन नसके संविधानसभाबाट टुंगो लगाउँछौँ ।’

उनले संघीयताको विषय संविधानसभावाट पनि टुंगो नलागे फ्रेस म्यान्डेजका लागि जनतामा लैजान सकिने वताए ।

प्रधानमन्त्री कोइरालाले मुलुकलार्इ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय पद्धतीमा लैजादा प्रधानमन्त्री तानाशाह हुन सक्ने भएकाले कांग्रेसले जोखिम बहन गर्न नसक्ने स्पष्ट पारे ।

दशकौदेखि खाली भएको स्थानिय निकायमा चाँडै नै चुनाव हुने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us