काठमाण्डु, १४ जेठ–राष्ट्रपति रामवरण यादवले विगतमा बाटो बिराएका राजनीतिक दलहरु सही बाटोमा हिँड्न थालेको बताएका छन् । नेपाल पत्रकार महासंघको नवनिर्वाचित समितिको सम्मानमा शीतल निवासमा बसुधबार आयोजित कार्यक्रममा उनले दलहरुले विगतको गल्ती स्वीकार गरेकाले सही बाटो हिंड्न थालेको बताएका हुन् । यादवले विगतदेखि वर्तमानसम्म...
काठमाण्डु, १४ जेठ– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे आकस्मिक रुपमा नेपाल आएका छन् । भारतीश्रय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सरिक भएर स्वदेश फर्कने क्रममा थिम्पुको मौसम खराब भएका कारण जहाज अवतरण हुन नसकेपछि उनी नेपाल आएका हुन् । तोब्गेले बुधबार पशुपतिनाथको दर्शन गरेका छन्...
काठमाण्डु, १४ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि आफूहरु उत्साहित बनेको खुलासा गरेका छन् । राजधानीमा सम्पन्न प्रथम महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएकै दिन बुधबार बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग कुरा गर्दै थापाले मोदी नेपालमा सनातान हिन्दू राज्यसहतिको...
काठमाण्डु, १४ जेठ– निर्वाचन क्षेत्र विकास कार्यक्रमको रू १० लाख सभासद्बाटै दुरूपयोग हुनसक्ने भएकाले सो रकम खर्च गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता अर्जुनकुमार अर्यालले दायर गरेको रिटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०५८ को नियम...
सुनसरी, १४ जेठ – सुनसरी पाँचकन्यामा एकै टोलका तीन बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । पाँचकन्या–२ स्थित रायचौरीको पोखरा खोलामा बुधबार अपरान्ह डुबेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा नन्दलाल गौतमका छोरा भरत गौतम, तुलसी गौतमका छोरा चिरिन्जीवि गौतम र भीमबहादुर खत्रीका...
काठमाण्डु, १४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित ९ अधिकारीहरुलाई नियन्त्रणमा लिएको छ । कानुनविपरीत कर्मचारीलाई जथाभावी बोनस बाँडेर निगमलाई घाटा पु¥याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अख्तियारले सत्यालसहित निर्देशक नागेन्द्र साह, प्रबन्धकहरु कमलप्रसाद शर्मा, बाबुराम...
काठमाण्डु, १४ जेठ – एकीकृत नेकपा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएपछि मुलुकका जनचाहना बमोजिम परिवर्तन गर्न खोज्दा पद छोड्नु परेको बताएका छन् । मुलुकमा गणतन्त्र स्थापना भएपछि आफूले ठूलो उत्साह र महत्वकाङ्क्षाका साथ अग्रगामी कार्य गर्न खोज्दा नौ...
काठमाण्डु, १४ जेठ– प्रमुख सत्तासाझेदार एमालेभित्र सरकारका कामकारबाही र पार्टीका तर्फबाट सकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति तीव्र असन्तुष्टि बढेको छ । नवौं महाधिवेशन तयारीका लागि बुधबार मुख्यालय बसेको केन्द्रीय समिति बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताका पक्षमा प्रभावकारी काम गर्न नसकेको भन्दै तीव्र आलोचना...
काठमाण्डु, १४ जेठ– एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठक आगामी जेठ १७ गतेसम्मका लागि स्थगित भएको छ । गृहकार्यका लागि भन्दै १७ गते बिहान ११ बजेसम्म लागि बैठक स्थगित गरिएको हो । पार्टीले गठन गर्ने केन्द्रीय सल्लाहकार परिषद्, राष्ट्रिय परिषद्लगायतको गृहकार्यका लागि बैठक स्थगित...
इलाम, १४ जेठ – आफ्नै बुबाको हत्या गर्ने छोरालाई जिल्ला अदालत इलामले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । गतवर्ष माघ २९ गते इलामको महमाई–९ निवासी नेत्रबहादुर मुखियालाई छोरा प्रकाशले हत्या गरेका थिए । जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार प्रकाशलाई मुलुकी ऐन ज्यानसम्बन्धी...
नवदीप अजनवी नुवाकोट, १४ जेठ – जिल्लाको बुधसिङ गाविसमा एक वृद्धको हत्या भएको छ । बुधबार बिहान घर नजिकै धारामा मुख धुन गएका बुधसिङ– ८ भञ्ज्याङखर्कका ६४ वर्षीय छोटे भनिने हर्कबहादुर तामाङको छिमेकी गाविस दाङसिङ– ४ का लोर्केबहादुर तामाङले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...
राजविराज, १४ जेठ – महिलाको गोप्य तस्बिरहरु फेसबुक र इमेलमा राखेर ब्ल्याकमेलिङ गर्ने नेपाल बैंक लिमिटेड राजविराज शाखाका प्रबन्धक दीपककुमार दास निलम्बनमा परेका छन् । विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका राजविराज नपा–५ का ३१ वर्षीय प्रबन्धक दास निलम्बनमा परेको बैंकको मानवस्रोत...