बाटो बिराएका दलहरु सही बाटोमाः यादव

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, १४ जेठ–राष्ट्रपति रामवरण यादवले विगतमा बाटो बिराएका राजनीतिक दलहरु सही बाटोमा हिँड्न थालेको बताएका छन् ।

rambaran
नेपाल पत्रकार महासंघको नवनिर्वाचित समितिको सम्मानमा शीतल निवासमा बसुधबार आयोजित कार्यक्रममा उनले दलहरुले विगतको गल्ती स्वीकार गरेकाले सही बाटो हिंड्न थालेको बताएका हुन् ।

यादवले विगतदेखि वर्तमानसम्म भएका सबै राजनीतिक परिवर्तन संस्थागत हुन नसेकेकामा चिन्ता जनाए । परिवर्तन संस्थागत गर्ने काममा लाग्ने उनले दलहरुलाई आग्रह गरे ।

यादवले मुलुकमा उठिरहेको जतीय मुद्धाले जातीय सदभाव खल्बलिन सक्ने भन्दै गम्भीर भएर काम गर्न सञ्चार जगतको ध्यानाकर्षण गराए । राष्ट्रपतिले मुलुकलाई माया गर्न सबैलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us