इलाम, १४ जेठ – आफ्नै बुबाको हत्या गर्ने छोरालाई जिल्ला अदालत इलामले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । गतवर्ष माघ २९ गते इलामको महमाई–९ निवासी नेत्रबहादुर मुखियालाई छोरा प्रकाशले हत्या गरेका थिए ।
जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार प्रकाशलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहितको जन्मकैदको फैसला सुनाएको अदालतका तहशिलदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशले बुबालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । रासस