भुटानी प्रधानमन्त्री अकस्मात नेपालमा

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १५:५८ मा प्रकाशित

pm of bhutanकाठमाण्डु, १४ जेठ– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे आकस्मिक रुपमा नेपाल आएका छन् ।
भारतीश्रय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सरिक भएर स्वदेश फर्कने क्रममा थिम्पुको मौसम खराब भएका कारण जहाज अवतरण हुन नसकेपछि उनी नेपाल आएका हुन् ।

तोब्गेले बुधबार पशुपतिनाथको दर्शन गरेका छन् । नयाँदिल्लीबाट भुटान फर्कने क्रममा भुटानको मौसम खराबीका कारण तोब्गे चढेको डुक एयरको विमान बुधबार दिनको सवा २ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

पशुपतिलगत्तै बौद्ध गएका उनी सोल्टी होटलमा बसेका छन् । उनी बुधबार बिहान थिम्पु जाने तयारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us