
सुनसरी, १४ जेठ – सुनसरी पाँचकन्यामा एकै टोलका तीन बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
पाँचकन्या–२ स्थित रायचौरीको पोखरा खोलामा बुधबार अपरान्ह डुबेर उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नन्दलाल गौतमका छोरा भरत गौतम, तुलसी गौतमका छोरा चिरिन्जीवि गौतम र भीमबहादुर खत्रीका छोरा युवराज छन् । मृतकहरुको उमेर ८ देखि १० वर्षसम्मका छन् ।
पोखरा खोलामा कल्भर्ट बनाउन खनिएको खाडलमा पानी जमेर पोखरी जस्तो भएपछि बालकहरु पौडी खेल्न पसेका थिए । तीनैजनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।