आयल निमगका निमित्त कार्यकारी निर्देशकसहित नौ पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १४ गते १४:५० मा प्रकाशित

nepal-oil-nigam8काठमाण्डु, १४ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित ९ अधिकारीहरुलाई नियन्त्रणमा लिएको छ ।

कानुनविपरीत कर्मचारीलाई जथाभावी बोनस बाँडेर निगमलाई घाटा पु¥याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
अख्तियारले सत्यालसहित निर्देशक नागेन्द्र साह, प्रबन्धकहरु कमलप्रसाद शर्मा, बाबुराम राई नेत्रप्रसाद काङ्खले र शरदप्रसाद पौडेल तथा उपप्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई हिरासतमा लिई अनुसन्धान थालिएको आयोग प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

आयोगले फरार भएका उपनिर्देशक सुशील भट्टराईको खोजी गरिरहेको छ । निमग मुनाफाको अवस्थामा नपुगी आर्थिक वर्ष ०६६÷०६७ को अन्त्यमा बोनस वितरणको निर्णय गरी निगमलाई १ करोड ७२ लाख ५८ हजार ४ सय ५ रुपैयाँ ११ पैसा हानी पु¥याएको अख्तियारको ठहर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us