रुकुममा दुई नगरपालिका घोषणा हुनुपर्ने माग

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ३:५२ मा प्रकाशित

रुकुम, १४ जेठ– रुकुम जिल्लामा दुईवटा नगरपालिका घोषणा हुनुपर्ने माग गरिएको छ । केही समयअघि सरकारले गरेको नगरपालिका घोषणामा रुकुमलाई छुटाएको भन्दै जिल्लामा दुईवटा नगरपालिका घोषणाका लागि नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले माग गरेको हो ।
सदरमुकाम खलङ्गा गाविस र सााख गाविस समेटेर मुसिकोट नगरपालिका तथा विजयश्वरी गाविस र कोटजहारी गाविस समेटेर चौरजहारी नगरपालिका बनाउनुपर्ने माग जिल्लावासीको छ ।

नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले तत्काल नगरपालिका घोषणाका लागि प्रक्रिया थाल्न भन्दै सामान्य प्रशासन मन्त्रालयमा सिफारिस पठाएको छ ।

नगर क्षेत्र निर्धारण तथा सिफारिस समिति अध्यक्ष एवम् स्थानीय विकास अधिकारी भरतकुमार शर्माले नगरपालिका निर्माणका लागि न्यूनतम भौतिक पूर्वाधार र जनसङ्ख्या पुगेकाले सिफारिस गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us