एमाओवादीका नवनिर्वाचित सचिव रायमाझी भन्छन्, ‘हास्यास्पद निर्वाचनमा सहमति छैन’

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– एकीकृत माओवादीका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीको निर्वाचन प्रक्रियामा असहमति जनाउँदै त्यसलाई हास्यास्पदको संज्ञा दिएका top bahadurछन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै रायमाझीले आफूहरुको असहमति र सहभागिताबिना गरिएको निर्वाचनको परिणाम स्वीकार नगर्ने बताएका हुन् ।

विज्ञप्तिमा उनले तल्लो तहदेखि निर्वाचन नगरेर केन्द्रमा मात्र निर्वाचनको भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।  ‘जनवादी अभ्यासको पक्षमा हामी पनि छौं, , विज्ञप्तिमा भनिएको छ’, तल मनोनित गर्दै आउने र माथि निर्वाचनजस्तो देखाएर भ्रम छर्न खोजिएको छ, यसमा हाम्रो सहमति छैन ।’

पार्टी पदाधिकारी चयनका लागि मंगलबार भएको निर्वाचनमा रायमाझीले १ सय मत पाएका थिए । यसअघि उनी स्थायी समिति र पोलिट्ब्युरोमा पनि लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us