दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ५:१९ मा प्रकाशित

बुटवल, १४ जेठ– रुपन्देहीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
अर्का एक गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बासगढीमा लु १ ज ७३७ नम्बरको जिपलाई लु १ ख ४२१२ नम्बरको ट्रिपरले ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटानमा ट्रिपर चालक कपिलवस्तु गजेडाका ३४ वर्षिय राम चौधरी र जिपमा सवार २० वर्षका स्थानीय निशान सुनारको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us