ठेकेदारले एक्स–रे मेसिन नबनाउँदा बिरामी मारमा

काठमाण्डु टुडे २०७१ जेठ १४ गते २:२८ मा प्रकाशित

पर्सा, १४ जेठ– वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको एक्स–रे मेसिन एक सातादेखि बन्द भएपछि बिरामी मारमा परेका छन् ।
अस्पतालमा एक्स–रे मेसिन प्लेट अभावका कारण एक सातादेखि बन्द भएपछि उपचार गराउन आएका बिरामी मारमा परेका हुन् ।
अस्पताललाई कच्चापदार्थ तथा औषधि पूर्ति गर्ने ठेक्का पाएको सिटी सर्जिकल वीरगन्जले एक्स–रे प्लेट उपलब्ध नगराएका कारण बिरामीलाई सेवा दिन नसकिएको एक्स–रे शाखा  प्रमुख प्रदीप साहले बताए ।

दैनिक एक सयभन्दा बढी बिरामीको चाप थेग्दै आएको एक्स–रे सेवा बन्द भएपछि  बिरामीहरु महंगो दरमा अस्पतालबाहिर एक्स–रे गराउन बाध्य छन् ।

ठेकेदार कम्पनीलले भने अस्पतालले करिब १२ लाख बक्यौता उपलब्ध नगराएका  कारण एक्स–रे प्लेट दिन नसकिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us