
काठमाण्डु, १४ जेठ– सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दिपावली गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।
गृहमन्त्रालयले गणतन्त्र दिवस बिहीबार भए पनि बुधबारदेखि तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको हो ।
गणतन्त्र दिवस मुल समारोह समितिले सरकारी, गैरसरकारी, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा ३ दिनसम्म साँझमा दिपावली गर्न आग्रह गरेको छ । राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको दिनको सम्झनामा बिहीबार विशेष कार्यक्रम हुँदैछ ।
संविधानसभको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालबाट राजतन्त्र उन्मुलन भई गणतन्त्र स्थापना भएको विधिवत घोषणा गरेको थियो । सोही दिनको सम्झनामा जेठ १५ गतेका दिन हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ ।