प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७१ जेठ १४ गते २:२४ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– प्रधानमन्त्री सुशील कोइराला तीन दिने भारत भारत भमण सकेर बुधबार स्वदेश फर्किएका छन् ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कोइराला सोमबार  नयाँदिल्ली पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा कोइरालाले आफ्नो भारत भ्रमण सफल र फलदायी भएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीसहित उच्च राजनीतिक नेतृत्वले नेपालको विकास र स्थायित्वमा सघाउने प्रतिबद्धता जनाएको उनले बताए ।
‘मोदीसहित भारतीय नेताहरुले नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ’, कोइरालाले भने, ‘ जलस्रोत र पर्यटन क्षेत्रमा लगानी गर्न भारत सकरात्मक छ ।’

भेटका क्रममा आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उनले नेपाल आउने विश्वास दिलएको उल्लेख गरे । कोइलाराको स्वागतका लागि उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम, सभाध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, कुटनीतिज्ञहरु विमानस्थल पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us