
चितवन, १४ जेठ– प्रहरीले पूर्वी चितवनको वीरेन्द्रनगरबाट लागुऔषधसहित दुईजानालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय विकास श्रेष्ठ र १८ वर्षीय अमृत विक छन् । पक्राउ परेकाहरुको साथबाट फेनारगन तीन, नुफिन चार र डाइजेपाम चार थान बरामद गरिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय खैरेहनीको गस्ती टोलीले गएराति पक्रेको को । उनीहरुबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रमेश विष्टले बताए ।