माछा मार्न जाँदा नदीमा डुबेर बेपत्ता

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ४:५३ मा प्रकाशित

सुर्खेत, १४ जेठ– भेरी नदीमा माछा मार्न गएका एकजना नदीमा डुबेर बेपत्ता भएका छन् ।
पश्चिम सुर्खेतमा पर्ने हरिहरपूर–७ का २१ वर्षीय भवीन दलार्मीमगर नदीमा बेपत्ता भएका हुन् । मंगलबार दिउँसो २ बजे माछा मार्न भन्दै भेरीमा पुगेका दलार्मी ज्यामिरकुना नजिकैबाट बेपत्ता भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मङ्गलबारदेखि नै स्थानीयले खोजीकार्य जारी राखे पनि पत्ता पत्ता नलागेपछि बुधबार बिहानैदेखि पुन: खोजीकायए थालिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us