
काठमाण्डु, जेठ १३ – पर्यटन व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । पर्यटन बोर्डविरुद्ध आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
व्यवसायीको कार ¥याली सकिनै लाग्दा ट्राफिक जाम भएको भन्दै प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्राभल एजेन्ट एसोसिएसन (टान) का अध्यक्ष रमेश धमला, पूर्वअध्यक्ष दीपक महत, पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजाल, व्यवसायीहरु लोकराज भण्डारी, बलबहादुर सामरी, राजेन्द्र सुवेदी, राजाराम बस्नेत, लक्ष्मण श्रेष्ठ, मानकाजी लामा, राजनकुमार पाण्डे, विजय लामा, अच्यूत ढकाल, बीरबहादुर गुरुङ, टेकबहादुर गुरुङ छन् । पक्राउ परेका व्यवसायीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको पर्यटन व्यवसायी राजन काप्रीले काठमाण्डु टुडेलाई जानकारी दिए ।
साथै अनशनमा बसेका सुरेन्द्र भट्टराईलाई पनि उठाएर लगेको छ ।