ईआईजीपीमा ७ जनाको नाम सिफारिस

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – नेपाल प्रहरीको लामो समयदेखि रिक्त रहँदै आएको अतिरिक्त महानिरीक्षक (एआईजीपी) का लागि ७ जनाको सिफारिस भएको छ ।

police_logo
गृहसचिव नेतृत्वको सिफारिस समितिले मंगलबार ७ नायव महानिरीक्षक (डिआईजीपी) लाई एआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले डिआईजीपीहरु क्रमश: राजेन्द्रसिंह भण्डारी, सुरेन्दंबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ, प्रतापसिंह थापा र रमेशशेखर बज्राचार्यको नाम सिफारिस गरेको हो ।

सिफारिस चित्तबुझ्दो नभए सूचना प्रकाशित एक साताभित्र पुनरावलोकन उजुरी दिन पाउने व्यवस्था प्रहरीको नयाँ नियमावलीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us