एमाओवादीमा नयाँ प्रयोग : सहमती अनुमोदन गर्न चुनाव

काठमाण्डु टुडे २०७१ जेठ १३ गते ९:१७ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – एकीकृत नेकपा माओवादीको पदाधिकारीका लागि मतदान सकिएको छ ।

maoist_buildingपदाधिकारीका चयनका लागि भएको निर्वाचनकाे अहिले मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । स्थायी समिति सदस्यसहित पदाधिकारीको निर्वाचन हिजो हुने भनिए पनि तयारी नपुगेको भन्दै  सहमतीका लागि पदाधिकारी निर्वाचन आजका लागि सारिएको थियो ।

स्रोतका अनुसार पार्टीको शिर्ष तहमा पहिले भनिएको व्यक्ति नै पदाधिकारीमा आउने सहमती भएपछि सो सहमती अनुमोदन गर्न चुनाव गर्न लागेको बताएको छ ।

आज हुने निर्वाचनले दुई उपाध्यक्षसहित महासचिव, तीन सचिव र कोषाध्यक्षको चयन गर्नेछ । ८ सदस्यीय पदाधिकारीका लागि उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीकाे  सहमती भएको छ ।

यस्तै महासचिवमा कृष्णबहादुर महारा  ल्याउने सहमती भएको छ ।   सचिवमा वर्षमान पुन टोपबहादुर रायमाझी र गिरिराजमणि पोखेरललाई निर्वाचित गराउने तयारी भएको बुझिएको छ ।

यस्तै कोषाध्यक्षमा हरिबोल गजुरेल  ल्याउने सहमती भएको छ ।  । नेता डाक्टर बाबुराम भट्टराई समुहले निर्वाचन बहिस्कार गरे पनि उनलाई बरिष्ठ नेता बनाउने तयारी संस्थापनले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us