पत्रकार लिम्बूको स्मृतिमा कोष स्थापना

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – स्वर्गीय पत्रकार युवराज लिम्बूको स्मृतिमा अक्षयकोष स्थापना भएको छ ।
लिम्बू पत्रकार संघले कोष निर्माणको पहल गरेको हो । अक्षय कोषका लागि ३ लाख रुपैयाँ संकलन भइसकेको संघले जनाएको छ ।

संघका कोषाध्यक्ष मिलन लिम्बूले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘पत्रकार युवराज लिम्बू स्मृति अक्षयकोष’ स्थापना गरिएको बताएका छन् । संघले १० लाख रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य राखेको कोषाध्यक्ष लिम्बूले बताए ।

संघको २०६९ फागुनमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित भएको भोलिपल्टै हृदयघातका कारण लिम्बूको निधन भएको थियो । यसैबीच हाल हङकङ बस्दै आएका गायक तथा चलचित्र निर्देशक सुमन बनेम र मनिशा नेम्वाङ दम्पतिले कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us